काभ्रे – ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका छन् बनेपाका इन्जिनियर ध्रुवदास भोछिभोय पनि । काठमाडौं बागबजार बस्दै आएका ध्रुवका ८५ वर्षीय बाबु गोकुलदास र ८४ वर्षीया आमा रामकुमारी भने बनेपास्थित पुरानो घरमा बस्दै आएका छन् । ध्रुव एक्ला छोरा हुन् ।
१० दिनअघि बनेपा आउँदा ध्रुवले पुरानो घर भत्काएर नयाँ बनाएपछि परिवार सबै बनेपामै बस्ने योजना सुनाएका थिए । तर उनको बनेपा सर्ने सपना अधुरै रह्यो । ‘हप्ता–हप्तामा आइरहनुहुन्थ्यो,’ स्थानीय मनीष भोछिभोयाले भने, ‘निवृत्त भएपछि बनेपामै बस्ने सोच सुनाउनुभएको रहेछ ।’
१० औं तहमा कार्यरत भोछिभोय २०७६ वैशाखबाट निवृत्त हुँदै थिए । मुटुका बिरामी बाबुआमा दुवैलाई आफन्तले ध्रुवको निधनबारे बुधबार साँझसम्म पनि जानकारी दिएका छैनन् । शव आएपछि मात्रै जानकारी दिने भन्दै मृत्युको पुष्टि नगरेको मनीषले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया