गौहत्याको विरोधमा आज काठमाडौंमा मोटरसाइकल र्‍याली हुँदै

लोकपथ
21
Shares

काठमाडौं । गौहत्याको विरोधमा काठमाडौंमा सनातन धर्मावलम्बीहरू र हिन्दुवादी संगठनहरूले विरोध स्वरूप विशाल मोटरसाइकल र्‍याली गर्ने भएका छन् ।

धरानमा धार्मिक र सामाजिक सद्भभाव भडकाउन केही व्यक्तिहरूले राष्ट्रिय जनावर गाईको हत्या गरेको भन्दै त्यसको विरोधमा आज काठमाडौं उक्त र्‍याली निकाल्न लागेको आयोजकले जनाएको छ ।

दिउँसो ३ः३० बजे गुहेश्वरीदेखि प्रारम्भ हुने भनेको बृहत् मोटरसाइकल र्‍याली मित्रपार्क, पुरानो बानेश्वर, डिल्लीबजार, पुतली सडक, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने हुँदै गौशाला सम्म आएर समापन हुने बताइएको छ ।

पछिल्लो समय धनरामा गोरू काटेर खाएपश्चात् देशभर धार्मिक संस्थाहरूले त्यसको विरोधमा आन्दोलनहरू गरिरहेका छन् । साथै गौहत्याको विरोधमा शनिबार माइतीघर मण्डलामा विशाल प्रदर्शन पनि हुने भएको छ ।

विभिन्न धार्मिक संघसंस्थाहरूले गौहत्या, हिन्दु राष्ट्र पुनस्निर्माण गर्ने र धर्मान्तरणको लागि उक्त प्रदर्शन हुन गइरहेको एक आयोजक संस्था विश्व हिन्दु परिषद्ले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?