मन्त्री अधिकारीको परिवारलाई भेट्न पुगे भीआईपी

काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर सान्त्वना दिन प्रधानमन्त्री केपीशर्मा ओली सहितका मन्त्री र नेताहरु पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् ।

त्यहाँ उनले मन्त्री अधिकारीका परिवारलाई भेटेर श्रद्धाञ्जलीका साथै सान्त्वना दिएका थिए ।  दुर्घटनाको खबरपछि आजै कास्कीबाट अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ ल्याइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?