संघीय शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

लोकपथ
0
Shares

सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संघीय शिक्षा ऐनबारे यसअघि मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । तर, त्यसबारे विवाद भएपछि सरकारले सच्याएर पुनः पारित गरेको बताइएको छ ।

बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?