काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरेसँगै थापा पदमुक्त भएका हुन् ।
थापा पदमुक्त भएसँगै नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत बहादुर कार्कीलाई सर्वोच्च अदालतले ४८ घण्टाभित्र मुख्य मन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
आज जवाफी बहस सकिएसँगै फैसलाभएको हो । आज वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उनीविरुद्ध रिट दायर गरेका थिए ।
यसअघि पनि मुख्यमन्त्री थापाले सभामुखको संलग्नतामा विश्वासको मत लिएको भन्दै रिट दायर भएको थियो । सर्वोच्चले उनले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै उल्ट्याइदिएको थियो ।
त्यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभाअध्यक्षले समेत विश्वासको मत दिएसँगै फेरि रिट परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया