काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद योगेश भट्टराईले गम्भीर प्रश्न उठाएका छन ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ६ मृत्यु भएको विषयलाई लिएर भट्टराई प्रश्न उठाएका हुन् ।
उनेले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् “भिआइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले ।
तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।” उनको यो लेखाइले यो दुर्घटनामा केही कमजोरी भएको इंकित गर्दछ ।
दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । कल साइन एएमआई (अल्फा माइक इन्डिना) भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया