काठमाडौं । चिनियाँ विद्युतीय सवारी नयाँ ब्रान्ड स्काइवेलको ‘एसयूभी ईटी –५’ नेपाल भित्रिएको छ ।
जी मोटर्स प्रा. लि. ले आधिकारिक बिक्रेताका रूपमा, ‘स्काइवेल’ प्रिमियम ब्रान्डको विद्युतीय ‘एसयूभी ईटी ५’ ल्याएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय ‘एसयूभी ईटी ५’ लाई एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर बढी कुदाउन सकिने उनको दाबी छ । गाडिको मूल्य १ करोड ९ लाख तोकिएको छ ।
गेलालले भने, ‘जि मोटर्सको सिस्टर कम्पनी जुन भक्तपुर र इटहरीको लागि एक्सक्लुसिभ डिलरहरु हुने छ जि ईभी नेपाल जि मोटर्स आयातकर्ताको रुपमा रहने छ । ग्राहकहरुको लागि १ करोड ९ लाख मूल्य अफर गरेका छौ । प्रोडक्टको क्यालिटि, विशेषता हेर्ने हो भने अनविटएवल हुने छ । अहिले नेपाली बजारमा उपलब्ध विद्युतिय सवारीमा हामीले पाइरहेका किलोमिटर रेञ्ज बढीमा ५०० छ । हामी एकैचोटी ६०० माथि गैरहेका छौ । यो प्राइज अन्य प्रतिस्पर्धी प्राइज भन्दा स्पेसल प्राइजको रुपमा छ र यो एमआरपी हो । हामी नाडामा बुकिङ गर्ने ग्राहकका लागि अझ एक्सक्युसिभ प्राइज अफर गर्ने छौं ।’
गेलालले काठमाडौंको नक्साल,भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा रहेको आफ्नै तीनओटा स्वरुमबाट सेवा प्रदान गर्ने जानकारी दिए ।
उनले भने, ‘हाल तीन स्थानमा नयाँ डिलरको व्यवस्था गरिसकेका छौ । विराटनगर,नारायणघाट र ललितपुरमा डिलर नियुक्ति गरेका छौ । र आजबाटै हामीले औपचारिक रुपमा यो गाडिको बुकिङ ओपन गरेका छौ ।’
उनले देशका प्रमुख सहर विर्तामोड, जनकपुर, नेपालगञ्ज, भैरहवा, पोखरा,वुटवल र सुर्खेतमा समेत नयाँ डिलरको नियुक्ति प्रकृया चाँडै सुरु गर्ने बताए ।
स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने छ ।
२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया