मन्त्री अधिकारीसहित ६ जनाको शव ल्याउन शुरु

सुकेटार । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । 

काठमाडौंबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ ।

सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौं फर्कनेछ । 

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?