काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले स्वदेशमा रासायनीक मलको उत्पादन गर्ने सन्दर्भमा अध्ययन भईरहेको दोहो¥याएका छन् ।
प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको प्रश्नोतरमा सांसद दिलेन्द्र प्रसाद बडुले, किसानलाई हरेक वर्ष अभाव भएको रसायनिक मलको उत्पादन स्वदेशमा नै गर्नेबारे सरकारको योजनाबारे सोधेको प्रश्नमा उनले सरकारले स्वदेशमै मल उत्पादनका लागि अध्ययन थालेको दाबी गरे ।
२०७७ चैत्र १२ मा लगानी बोर्ड मार्फत दुई कम्पनीलाई अध्यन अनुमति दिइएको भन्दै अध्ययन प्रतिवेदन प्राप्त भएपछि मात्रै काम अघि बढ्ने बताए ।
‘स्वदेशमा रासायनीक मलको उत्पादन गर्ने सन्दर्भमा अध्ययन भईरहेको छ । यस विषयमा अध्ययन गर्न मन्त्रिपरिषद्बाट २०७७ कार्तिक २४ मा गठित तत्कालिन अर्थमन्त्री, उद्योग मन्त्री, कृषि मन्त्री रहेको तीन सदस्य समितिले रासायनीक मल उत्पादन गर्ने सन्दर्भमा अध्यन गर्नुपर्ने सिफारिस पारित गरे बमोजिक मन्त्री परिषद्ले २०७७ चैत्र १२ मा लगानी बोर्ड मार्फत यो कार्य अगाडि बढाउने निर्णय गरेको थियो ।’ उनले भने ‘त्यस अन्तरगत दुई कम्पनीलाई अध्यन अनुमति दिएइएको छ र उक्त प्रतिवेदन प्राप्त भएपछि सोही बमोजिम काम गर्ने योजना रहेको छ ।’
यस्तै उनले लम्पी स्किनको पछिल्लो अवस्थाबारे सांसद बडुको प्रश्नमा रोगको पूर्ण नियन्त्रणका लागि स्वदेशमै खोप उत्पादन गर्ने योजना रहेको बताए ।
‘यस रोगको पूर्ण नियन्त्रणका लागि स्वदेशमै यसको खोप उत्पादन गर्ने योजना पनि रहेको छ । किसानलाई राहतका लागि मापदण्ड तय गरी सहभागिता लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको छ ।’ उनले भने ।
उनले अहिलेसम्म १३ लाख भन्दा धेरै डोज खोप आयात भएको जानकारी पनि दिए ।
‘ १३ लाख ६९ हजार खोप आयत भएको छ, ९ लाख १९ हजार ४ सय १६ पशुलाई खोप लगाइएको छ । अहिलेसम्म १५ लाख १९ हजार ७ सय ७९ पशु यसबाट संक्रमित भएका छन्, सरकारले यस रोगको उपचारको लागि सम्भव प्रयास गरिरहेको छ । उपचार पश्चात १३ लाख ९३ हजार ५ सय ९५ पशु निको भएका छन् । अहिले विरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेका छन् । यस रोगबाट ९२ हजार ५ सय ४८ पशुको मृत्यु भएको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया