काठमाडौं । फोन पे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीयल’द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।
यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।
फोनपे, र एन.आई.पी.यल बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ । उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ । प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने छ ।
फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।” सोही अवसरमा बोल्दै, एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ले, यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ । यु.पि.आई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ । फोनपे सँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ “भनी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया