काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाहीको माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेताहरु बाहिर एक्लै हिँड्न सक्ने अवस्था नरहेको बताए ।
साथै सार्वजनिक पद धारण गरेको व्यक्तिहरुमाथि हुने सांघातिक हमलाले खतरा बढेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई एक्लै हिँड्न हुने हो या होइन भन्दै प्रश्न समेत गरे ।
‘म गृहमन्त्रीलाई प्रश्न गर्न चाहान्छु । के अब हामीले एक्लै हिँड्न नमिल्ने हो । कोही जलाइदिन्छु भन्छ कोही काट्दिन्छु भन्छ । हामी एक्लै हिँड्न हुने हो या होइन् प्रश्न गर्न चाहान्छु । म प्रधानमन्त्री गृहमन्त्रीले ठाउँठाउँमा बोल्ने गरेको सुन्ने गरेको छु । यसलाई छाड्ने छैन, यस्तो गरिने छ ।’ उनले भने, ‘जिम्मा लिएकोले बोल्ने गर्ने होइन काम गर्ने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया