कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिटमा जवाफी बहस सकियो

लोकपथ
42
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा सबै जवाफी बहस सकिएको छ ।

बिहीबार अधिवक्ताहरु केशव बडाल, सुरेन्द्र भण्डारी र टिकाराम भट्टराईले जवाफी बहस गरेका थिए ।

सबै बहस सकिएसँगै आजै फैसला आउन सक्ने बताइएको छ ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उनीविरुद्ध रिट दायर गरेका थिए ।

यसअघि पनि मुख्यमन्त्री थापाले सभामुखको संलग्नतामा विश्वासको मत लिएको भन्दै रिट दायर भएको थियो । सर्वोच्चले उनले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै उल्ट्याइदिएको थियो ।

त्यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभाअध्यक्षले समेत विश्वासको मत दिएसँगै फेरि रिट परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?