काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको हो ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
श्रद्धाञ्जली अर्पण गर्ने रिजालको शव हाल राष्ट्रिय सभागृहमा राखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले रिजाललाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया