३ हजार बढी दम्पतीलाई आइभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश

लोकपथ
42
Shares

काठमाडौं । नेपालमा आधुनिक आई।भी।एफ। को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई। भी। एफ। ७औँ वर्षमा प्रवेश गरेको छ ।

३ हजार भन्दा अधिक दम्पतीलाई आई। भी। एफ। विधि मार्फत् सन्तान प्राप्ति को खुशी दिँदै आइरहेको वात्सल्य आईभीएफ क्लिनिकले खुसी मनाएको छ ।

हरेक महिना करिव ६० देखि ७० प्रतिशत सम्मको आईभीएफ सफलतादर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३००० आईभी. एफ, १८०० आईयूआई, २२०० नेचुरल प्रेग्नेन्सी) गरिसकेको बताइएको छ ।

निस्सन्तान दम्पती मनोवैज्ञानिक तथा सामाजिक तनावले भरिएका हुन्छन् त्यसैले उपचारको अवधिमा आधुनिक पद्दति सँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको विज्ञहरुको भनाइ रहेको छ।

क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता आफूले सफलता पाउँछु भन्ने विश्वास जाग्छ बताइन्छ । नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन् ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलतादर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ ।

आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको यहाँका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?