कांग्रेसद्वारा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न माग

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार गर्नेमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति र समूहमाथि अनुसन्धान गर्न माग गरेका हुन् ।

‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार दिउँसो रिपोर्टस क्लबको आयोजित कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएको थियो ।
उनीमाथि आक्रमण गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई प्रहरीले खुकुुरीसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

सहमहामन्त्री यादवको टाउकोमा चोट लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?