काठमाडौं । नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले मंगलबार हायात प्लेसमा आयोजित कार्यक्रममा आफ्नो नयाँ उद्यम दराज लाइक न्यूू (डिएलएन) को सुरुवात गरेको घोषणा गरेको छ ।
कार्यक्रमलाई विभिन्न मिडिया आउटलेटहरूका प्रमुख अतिथिहरू, र समर्पित ई–वेस्ट अधिवक्ता, उल्लेखनीय सामाजिक अभियन्ताहरुको उपस्थितिले विशेष बनाइएको थियो । बजारमा डिएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको हो । प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ ।
यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र डिएलएनलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेका थिए । त्यसैगरी, डिएलएनको लागि दराज प्लेटफर्ममा विक्रेता तथा “सबको फोन” का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे ।
पारदर्शिता र कार्य सम्पादन सम्बन्धि विषयमा म्ील् ले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहक हरुको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि भ्याट बिल समावेश हुन्छ, जसले ग्राहकहरूलाई उनीहरूको लगानीमा अन्तर्दृष्टि दिन्छ ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पु¥याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन् । “हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ । ”
दराज लाइक न्युले बजारमा नयां परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ । यस पहलले अब ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउदै उनिहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित नै देखिन्छ । यही पहलमार्फत दराज नेपालले बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतीतर्फ अग्रसर गराउने योजना तयार गरेको छ भन्ने कुरामा कुनै दुईमत नै छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया