कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका सापकोटा पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका श्यामबाबु सापकोटा रहेका छन् ।

नुवाकोट विदुर नगरपालिका वडा नं ७ घर भएका सापकोटालाई खुुकुुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता कुमुद सापकोटाले लोकपथलाई जानकारी दिए ।

‘नुवाकोट विदुर नगरपालिका वडा नं ७ घर भएका सापकोटालाई खुकुुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।’ उनले भने ।

बुधबार दिउँसो रिपोर्टस क्लबको आयोजित कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएको थियो ।

सहमहामन्त्री यादवको टाउकोमा चोट लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?