कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ ।

बुधबार दिउँसो रिपोर्टस क्लबको आयोजित कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएको हो ।

उनीमाथि एक युवाले धारिलो हतियार प्रहार गरेको र उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले लोकपथलाई जानकारी दिए । उनका अनुसार सहमहामन्त्री यादवको अवस्था सामान्य रहेको छ ।

‘उहाँमाथि आक्रमण गर्नेालई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उहाँ खतरामुुक्त हुुनुुहुन्छ ।’ डिआइजी कडायतले भने ।

सहमहामन्त्री यादवको टाउकोमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उनी निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?