१४ आश्विन २०८०, आईतवार

काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’

२०८०,भाद्र,२०,बुधबार १४:०६

27
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।

बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा  जमिनमा  प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक ईकाई बनाएर जनक दरवारको रुपमा स्थापित गर्ने बताए ।

काठमाडौंको सिंहदरवार जस्तै प्रदेशको मुख्य केन्द्रको रुपमा अब जनक दरवार स्थापित हुने उनको दाबी छ । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउने बित्तिकै निमार्ण कार्य अगाडि बढाउने जानकारी दिए ।

प्रकाशित मिति: २०८०,भाद्र,२०,बुधबार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ ।

काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८