पाटन कृष्ण मन्दीरमा श्रीकृष्णजन्माष्टमीको रौनक (फोटो फिचर)

लोकपथ
130
Shares

काठमाडौं । आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ ।

पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । भक्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको स्वरुपमा सिंगारेको पनि देखिन्छ ।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । आज विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?