राष्ट्रपति समक्ष कतार, पेरु र कम्बोडियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलयकाअनुसार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कतारका लागि आवासीय राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले ओहादाको प्रमाणपत्र पेश गरेका थिए । यसैगरी, पेरु र कम्बोडियाका लागि गैरआवासीय राजदूतहरु क्रमसः जाभियर म्यानुअल पउलिन्च भेलार्डे र कोय कंगले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति कार्यलयकाअनुसार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमाझ उनीहरुले आ—आपफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

नवनियुक्त राजदूतहरुलाई ¥याडिसन होटलदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यलयको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?