काठमाडौं । सप्तकोशीमा बेपत्ता रहेका डा. प्रज्ववल कोइरालाको शव फेला परेको छ ।
कोइरालाको शव मंगलबार अपरान्ह ५ः३० बजे सुनसरी बराह क्षेत्र नगरपालिका वडा नं २ स्थित तेह्रओडा भन्ने ठाउँमा फेला परेको हो ।
कोशीको बगरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुुर एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार शवको सनाखत हुन सकेको थिएन । उनका बुबा दिवाकर कोइरालाले सनाखत गरेपछि डा.प्रज्ववलको शव रहेको पत्ता लागेको उनले बताए ।
‘शव मंगलबार भेटिए पनि सनाखत हुन सकेको थिएन । उनका बुबा दिवाकर कोइरालाले पहिचान गरेपछि डा. कोइरालाको शव हो भन्ने पत्ता लागेको हो ।’ ती प्रहरी अधिकारीले लोकपथसँग भने ।
उनको शव धरानस्थिती वीपी कोइराला प्रतिष्ठानमा लगिएको थियो ।
झापा दमक नगरपालिका–१ का स्थायी बासिन्दा कोइराला मोरङस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत रहेका थिए ।
उनी गत भदौ ११ गते सप्तकोशीस्थित चतरा पुुल नजिकैबाट बेपत्ता भएका थिए । उनले आफूले चलाएर ल्याएको कार पुलमा राखेर बेपत्ता भएको र उनको जुत्ता समेत फेला परेपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
उनको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया