काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
मुख्यमन्त्री थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासमा मंगलबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
मंगलबार सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरेका थिए ।
थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय नपाएपछि मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया