विभिन्न राजनीतिक घटकद्वारा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा’ गठन

लोकपथ
35
Shares

काठमाडौं । विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरुले ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’ को घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर शान्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल), लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मानध्वज गुरुङ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल, लक्ष्मण उप्रेती नेतृत्वको नेकपा रातो तारा, टंकनाथ पौडेल संयोजक रहेको नेकपा २००६, भगवती लुहागुन संयोजक रहेको नेपाल समृद्धि पार्टीले मोर्चा गठनको घोषणा गरेका हुन् ।

त्यसैगरी, मोर्चालाई माक्र्सवादी एकता अभियान नेपाल, जनसमाजवादी मञ्च, राष्ट्रिय जनसरोकार नेपाल, माक्र्सवाद तथा पुष्पलाल विचार मञ्च, प्रतिरोध जनअधिकार आन्दोलन, वैज्ञानिक समाजवादी मोर्चा र विभिन्न स्वतन्त्र व्यक्तिहरुको समर्थन रहेको बताइएको छ ।

उनीहरुले गणतन्त्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न मोर्चा घोषणा गरिएको दाबी गरेका छन् ।
कम्युनिष्ट पार्टी माक्र्सवादीका अध्यक्ष लोकनारायण सुवेदीले, अहिलेको लोकतन्त्र सीमित खालको भएकाले यसले नेपाली जनताको समस्या हल हुन नसक्ने बताए । आम नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगतिका निम्ति मोर्चा बनेको उनको भनाई छ ।

‘देशमा व्याप्त जनताका समस्याहरु र राष्ट्रका समस्याहरु जुन हल हुनुपर्ने थियो, हल भएन । यो व्यवस्था र अवस्था दुवैले त्यो हल गर्ने अनुमति पनि दिँदैन । किनभने यो सीमित खाल्को प्रजातन्त्र हो, सीमित खालको लोकतन्त्र हो ।’ सुवेदीले भने ‘यसमा सीमित वर्गको स्वार्थ छ । आम नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगतिका निम्ति एउटा ठूलो आन्दोलनको आवश्यकत्ता छ, ।’

आज घोषणा भएको मोर्चाको संयोजक भने भोलि बस्ने बैठकबाट चुनिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?