काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
नेतृत्व चयनका लागि मंगलबार बुटवलमा मतदान भएको थियो । कुल १ हजार ४ जना मतदातामध्ये ९ सय ६५ मत खसेको थियो।
बिहान पौने ९ बजेबाट शुरु भएको मतदान ३ बजे सकिएको र साँझ ५ बजेपछि मतगणना शुरू भएको हो। मंगलबार रातिसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जानकारी दिएको छ।
प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्रतिष्पर्धामा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया