भुपूगोर्खाका समस्या समाधानका लागि कुटनीतिक प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद

लोकपथ
28
Shares

काठमाडौं। परराष्ट्र मन्त्री एनपी साउदले भूतपूर्व गोरखा सैनिकले पाउनुपर्ने न्यायोचित हक अधिकारको लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा गोरखा भूतपूर्व सैनिक संघ गेसोले, गोरखा समस्या समाधानका लागि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले १७७९भन्दा अगाडिका गोरखा सैनिकलाई पेन्सन र अन्य सुविधाका सवालमा भूतपूर्व सैनिकहरुको पक्षमा सरकारले निरन्तर कुटनीतिक पहल अगाडि बढाइरहेको दाबी गरे ।

सरकारको तर्फबाट मन्त्रिस्तरीय विभिन्न बार्ता  र छलफल गरिरहेको भन्दै उनले समस्या समाधानका लागि  सबै राजनीतिक पक्षले साथ दिने उनको भनाई छ ।

‘मलाई लाग्छ नेपालका हरेक राजनीतिक पक्षबाट तपाइँहरुले पाउनुपर्ने न्यायोचित हक अधिकारको पक्षमा हामी छौँ । नेपाल पूर्ण रुपमा तपाइँहरुको पक्षमा छ । यसका लागि सरकारको तर्फबाट हामी कुटनैतिक संवादको प्रकृयालाई अगाडि बढाउँछौँ । ’ उनले भने ‘वार्ता र संवादको प्रकृयाबाट भूतपूर्व नेपाली गोरखा सैनिकहरुले पाउनुपर्ने उनीहरुको अधिकार जुन हो त्यो अधिकार र उनीहरुको सुविधा प्राप्तहोस भन्ने कुराको लागि हाम्रो प्रयत्न रहने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?