काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा झडप भएको छ । गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सृजना भएको हो ।
गाउँपालिकाले विद्यालयका तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । विरोधका क्रममा विद्यार्थीले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरीसमेत घाइते भएका छन् । ‘स्थीति अहिले नियन्त्रणमा आइसकेको छ, ५-६ सय विद्यार्थीले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि यो अवस्था सृजना भएको हो । विद्यार्थीहरुको भिडबाट हामाीले ६ जना शंकास्पद मानिसलाई पक्राउ गरेका छौं ।’ एसपी मल्लले भने ।
घटना बारे थप अनुसन्धान भईरहेको एसपी मल्लले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया