सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटघाट

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीबीच भेटघाट भएको हो ।

भेटको क्रममा संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले बोलाएपछि ओली सिंहदरबार गएको ओलीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?