भारतले गर्यो नेपालबाट १० हजार मेघावाट बिजुली लिने प्रस्ताव स्वीकृत

लोकपथ
21
Shares

काठमाडौं । भारत सरकारले नेपालबाट १० हजार मेघावाट बिजुली किन्ने सम्झौता कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन हुन लागेको हो ।

भारतीय मन्त्रिपरिषद्को बैठकले नेपालबाट १० हजार मेघावाट बिजुली किन्ने प्रस्ताव पारित गरेको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

‘भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ । यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत जेठमा भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । सोही अनु्सार प्रस्ताव स्वीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?