काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीसँग मित्रवत सम्बन्ध रहेको अभिनेता आयुष्मानले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’
आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ । स्वाभाविक र जीवन्त अभिनयका लागि उनलाई लगातार दुई पटक सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार र उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया