काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएका हुन् ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसँग पुनको साँठगाँठ देखिएपछि सीआईबीले उनीसँग बयान लिएको हो ।
गत साउन ३ मा ब्रेक शू मा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । हालसम्म सुन प्रकरणमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।
त्यस्तै ६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया