एकीकृत समाजवादीले मेची महाकाली अभियान चलाउने

लोकपथ
56
Shares

काठमाडौंं । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई अनुमोदन गरेको हो ।

एकीकृत समाजवादीले सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउन लागेको हो । उक्त अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने समेत बताइएको छ ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । उक्त अभियान मेचीबाट शुरु गरेर महाकालीमा समापन गर्ने तयारी गरेको ती सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?