१२ आश्विन २०८०, शुक्रवार

एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान शुरु

२०८०,भाद्र,१९,मंगलवार ११:३२

9
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

केहीबेरअघि वुटवलमा अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिष्पर्धामा रहेका छन् ।

बिहान पौने ९ बजेदेखि शुरु भएको मतदानको समयावधि १ बजेसम्मका लागि तोकिएको छ । अध्यक्षका उम्मेदवार कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

नेतृत्वका लागि सर्वसम्मत गर्न लामो रस्साकस्सी भए पनि अन्नतः निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।
२०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,१९,मंगलवार ११:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८