एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृ शोक

लोकपथ
231
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृ शोक परेको छ ।

मंगलबार खतिवडाकी आमा मालती खतिवडाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

उनको बिहान ९ः३० बजे निधन भएको समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालका महासचिव राजकुमार एलनले जानकारी दिए ।

उनको आजै मध्यान्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?