काठमाडौं । नेपाली कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।
मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन् ।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु । गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’
उनले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया