फागुन १४ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन १४ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।

1. राष्ट्रियसभा बैठकः सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो :  सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै शुक्रबार उक्त घटना भए पनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक छ भने ।

 

2. सन्दीपले वेष्टइन्डिजमा जिते  ‘ब्रेकथ्रु स्टार अवार्ड’ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ‘सिपिएल’ अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । 

 

3. विश्वकप महिला क्रिकेट छनोट – नेपालको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी : ‘आइसिसी’ टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । 

 

4. भरतपुर महानगरपालिकाकी उपमेयर शाहले लगाईन् मेयर दाहालमाथि १२ वटा आरोप :  चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दावी गरिन् ।

 

5. नबिल बैंक र नेप्सेबीच शेयरमूल्य समायोजन :  नबिल बैंकले नेपाल स्टक एक्सचेञ्चसँग शेयर मूल्य समायोजन गरेको छ । बैंकको आज ‘मंगलवार’ नेप्सेमा शेयरमूल्य समायोजन भएको हो । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ।

 

6. विप्लवनिकट पत्रकार संगठनले यस्तो भन्यो  : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको छ ।

 

7. नेता पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक बहिस्कार गरे :  नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ । 

8. सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी : नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ ९गोदान०को आन्दोलनलाई समर्थन गरेको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै संघले गोदानको आन्दोलनलाई सहयोग गर्न सबै चिकित्सकलाई आग्रह गरेको हो । गोदानको  देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलन जारी रहेको छ ।

9. राष्ट्रिय हितका सम्बन्धमा प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा  छलफल गर्न निर्देशन दिएका छन् ।भोलिदेखि काठमाडौंमा शुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 

10.बहालवाला सह-सचिव लामिछानेले ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा  : तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । 

11. ‘वनकी चरी’ले फर्कायो गुमेको परिचय :   नेपाली सांगीतिक क्षेत्रमा आधुनिक गीतको बजार सेलाएसँगै केही गायकहरुको लोकप्रियता पनि एकाएक सेलायो । तिनै गायकमा पर्छन् रुपक डोटेल । पहिलो नेपाली तारामा तेस्रो भएपछि नेपाली सांगीतिक क्षेत्रमा स्थान बनाउन सफल उनी अहिले मिडियामा कमै देखिन्छन् । 

12. भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट :  भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । 

 

13. कर्णालीका सांसदको गुनासो  : कर्णालीका सांसद गजेन्द्र महतले स्वास्थ्य विमा कार्यक्रम राम्रो भएपनि कर्णालीलाई प्रभाव पार्न नसकेको बताएका छन् ।मंगलबार संसदमा स्वास्थ्य विमा प्रभावकारी बनाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले सो बताएका हुन् । 

 

14. पदीय दुरुपयोग र अनियमिततामा मुछिएका सबैलाई कारवाही गर्न  विवेकशील साझाको माग :  विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो सक्रियता बढाउन ध्यानाकर्षण गराएको छ ।सो पार्टीका नेता कार्यकर्ता मङगलबार र्यालिसहित अख्तियारको केन्द्रीय कार्यलय टंगाल पुगेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

 

15. शितल निवासमा अनलाइन यूपीएस सिस्टम जडान गरिने :  नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्ने भएको छ । यो संगै अब राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ ।त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ । 

 

16. भारतमा भएको आतंकवादी हमलाको विरोधमा मोटरसाइकल जुलुस :  भारतमा भएको आतंकवादी हमलाको विरोधमा वीरगन्जमा मंगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विद्यार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।

 

17. पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाको हमला :  पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार हमला भएको छ ।भारतीय संचारमाध्यमका अनुसार गएराति सो हमला भएको हो । पाकिस्तानी पक्षले भने भारतीय वायुसेनाको विमान नियन्त्रण रेखा पार गरी पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर हमला गरेको आरोप लगाएको छ ।

 

18. दक्षिण अफ्रिकाको उच्च अदालतमा गोली चल्दा तीन जनाको मृत्यु, ६ घाइते :  दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका छन् ।प्रहरीका अनुसार एक बन्दूकधारीले चलाएको गोली लागी तीन जनाको मृत्यु भएको हो भने  मृतकमध्ये एक जना नगर प्रहरी रहेका छन् ।

अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?