सुन तस्करी प्रकरण : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या २६ पुग्यो

लोकपथ
42
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले थप एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ब्यूरोले बुटवल घर भएका सुमन खरेललाई पक्राउ गरेको हो ।

खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी भएको खुलेको छ ।

योसँगै सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ३ मा ६० किलो ७ सय १६ ग्राम सुन बरामद गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?