सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर हत्या गरिएको छ ।
एक बृद्ध दम्पतिको हत्या आगो लगाएर गरिएको हो ।
खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीको भनाई छ ।
मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्याको कारण भने खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान प्रहरीले शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया