काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बजेटको व्यवहारिक प्रगति प्रतिवेदन सदनमा पेश गर्न आग्रह गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद दाहालले सरकारले ल्याएको बजेट पारित भएको महिनौ भइसक्दा पनि व्यवहारिक कार्यको प्रगति नपाएको गुनासो गरे ।
उनले भने ‘ नेपाल सरकारले ल्याएको बजेट संसदबाट पारित भएको महिनौ भईसकेको छ । नेपाल सरकारबाट पेश भएको बजेटमा साउनभित्र कार्यविधि बनाउँने, कात्तिकभित्र ठेक्का प्रक्रिया पूरा गर्ने र प्रभावकारी अनुगमन संयन्त्र बनाएर विकास बजेटको पारदर्शी नेतृत्व प्रदान गर्ने र विकास बजेट खर्च गर्ने प्रविद्धता जाहेर गरिएको थियो ।
त्यसैगरि कृषि, उर्जा र काठमा आत्मनिर्भर हुने उद्देश्यसहित कृषिमा ७ अर्ब नेपाल सरकारले र १३ अर्ब एडीबीको तर्फबाट व्यवस्था गर्ने बताइएको थियो, त्यसैगरि काठमा आयात रोक लगाउँने लगायत धेरै प्रतिवद्धता गरिएको थियो, त्यसको व्यवहारिक कार्यको प्रगति प्रतिवेदन सदनमा पेश गर्न अनुरोध गर्न चाहन्छु । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया