काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” गर्ने भएको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्न लागेको जानकारी दिएको छ ।
तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागि “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्न लागेको कम्पनीको भनाई छ । सेल्फी प्रतियोगितामा इच्छुक सम्पूर्ण व्यक्तिहरुले भाग लिन पाउने छन भने सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजमा पोष्ट गर्नुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट तीन सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार पहिलोलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार रुपैंयाँ प्रदान गरिने क्यापिटलको भनाई छ ।
प्रतियोगिताले तीजको समृद्ध परम्परालार्इृृ मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा क्यापिटलले बिश्वास लिएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया