काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि कोही आगै ओकल्छु, सिंहदरबार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिव्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् ।
उनले भने, हामी राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि हाम्रो जिव्रोमा ब्रेक नलागेर जे पनि बोल्न गईरहेका हुन्छौ । कोही आगै ओकल्छु सिंहदरवार ध्वस्त पार्छु भन्छौ, कोही जातीय राज्य चाहियो भन्छौ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम गर्छौ । निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया