काठमाडौं । रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् ।
निर्देशक गुरुङले फिल्ममा आँचललाई दयाहाङ राईको जोडीको रुपमा लिन लागेको बताए । फिल्ममा आँचल भित्रिएसँगै कलाकार छनौट सकिएको छ । फिल्ममा दयाहाङ र आँचलको अलवा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित रहेर निर्माण हुन लागेको हो । शैक्षिक बेरोजगारलाई व्यङ्ग्य फिल्मले गर्छ । फिल्मको छायांकन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायांकन असोज १ गतेदेखि दोस्रो चरणको छायांकन मंसिर १ गतेदेखि सुरु हुने बताइन्छ ।
फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्मस्ले जनाएको छ । ‘डिग्री माइला’पछि निर्देशक रामबाबु ‘कबड्डी ५’को निर्देशनमा जुट्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया