भारतमा भएको आतंकवादी हमलाको विरोधमा मोटरसाइकल जुलुस

वीरगन्ज। भारतमा भएको आतंकवादी हमलाको विरोधमा वीरगन्जमा मंगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विद्यार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।

वीररगन्जको श्रीपुर स्थित जिल्ल प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विद्यार्थीहरुले निकालेको मोटरसाइकल र्‍याली  घण्टाघर , माइस्थान , आदर्शनगर , घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल र्‍यालीमा सहभागी नेता , युवा विद्यार्थीहरुले आतंकवाद र आतंकवादीलाइ संरक्षण दिने राष्ट्र मुर्दावाद , आतंकवाद विरुद्धको लडाइमा भारत हामी तिम्रो साथमा छौ , नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । उनीहरुले आतंकवाद र आतंकवादीलाइ संरक्षण दिने राष्ट्र मुर्दावाद , आतंकवाद विरुद्धको लडाइमा भारत हामी तिम्रो साथमा छौ भन्ने नारा पनि लगाएका थिए ।

घण्टाघरचोकमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाइ विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए  ।

उनले पछिल्लो समय भारतमा भएको आतंकवादी हमला र आतंकवादको खिलाफमा वीरगन्जमा आज युवा र विद्यार्थीहरुको सहभागीतामा मोटरसाइकल निकालेर प्रदर्शन गरिएको बताए । आजको मोटरसाइकल रयाली प्रदर्शनले नेपालका युवा विद्यार्थीहरु आतंकवादको विरोधमा रहेको सन्देश दिन सफल भएको भन्दै महासचिव सिंहले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?