ज्ञानेन्द्र शाहीको आक्रोश- ‘भोको पेटले राष्ट्रवादलाई कहिलेसम्म धान्ने ?’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीले बाचामात्रै गर्ने गरेको तर घोषण गरेको पैसा नदिएको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गर्नुभयो । तर, अहिलेसम्म खेलाडीको खातामा एक रुपैयाँ पनि आएको छैन । भोकभोकै खेलिरहेका छन् । आज भारतसँग नेपालले खेल्दै गर्दा हामी बधाई दिइरहेका छौं । तर, प्रधानमन्त्रीलाई सभामुखमार्फत् भन्न चाहन्छु, प्रधानमन्त्रीले शुभकामना लेख्दै गर्दा ती हातहरुमा कहिलेकाहीं डर लाग्छ कि लाग्दैन रु १७ लाख बाचा गरेको नदिने ? भारतका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आन्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । तर पनि क्रिकेट खेलिरहेका छन् ।’ उनले भने ।

उनले घोषणा गरिएको पैसा दिन कसले रोक्यो भन्दै आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?