काठमाडौं । कर्णालीका सांसद गजेन्द्र महतले स्वास्थ्य विमा कार्यक्रम राम्रो भएपनि कर्णालीलाई प्रभाव पार्न नसकेको बताएका छन् ।
मंगलबार संसदमा स्वास्थ्य विमा प्रभावकारी बनाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले सो बताएका हुन् ।
उनले भने, 'कार्यक्रमहरु राम्रै आउँछ, तर कर्णालीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात छ ।'
कर्णालीमा राम्रो डाक्टर, राम्रो स्वास्थ्य उपकरण र औषधी नभएको भन्दै स्वास्थ्य विमाको कुनै अर्थ नभएको सांसद महतले बताए । ‘मौलिक हकमा शिक्षा, स्वास्थ्य प्रष्ट लेखिएको छ । तर
कर्णालीका जनताले मौलिक हक कसरी पायौं भन्ने ?’ उनले प्रश्न गरे ‘अस्पताल छ । अस्पताल भएर के गर्नु उपकरण छैन, डाक्टर छैन, औषधी छैन ।’
कर्णालीका मान्छेले अहिले पनि घर खेत बेचेर काठमाडौं आएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया