जनकपुरमा मिटरब्याजीद्वारा आमा छोरामाथि निर्घात कुटपिट

लोकपथ
105
Shares

जनकपुरधाम । जनकपुरस्थित सबैलामा दलित आमा छोरामाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ । सबैलाका मदिरा व्यावसायी रामचन्द्र जयसवालसहितको समूहले सबैला नगरपालिका ३ बस्ने ५४ वर्षीया कौशिल्या देवी दास र उनका छोरा २१ वर्षीय भरोषी दासमाथि निर्घात कुटपिट गरेका हुन् ।

गत भदौ १५ गते राती ९ वजे जयसवालको पसलमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७-८ जनाको समुहले आक्रमण गरी निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । कोशिल्याका अनुसार जयसवाल मिटरव्याजी हुन् ।

उनीसँग छोरीको विवाह गर्न ५ लाख रुपैयाँ ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि जयसवालले पुनः ७ लाखको तमसुक बनाएको कोशिल्याले बताइन् । सोही कर्जा तिर्न हाल घडेरी बेचेर ऋणतिर्नुको साथै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरी घर बनाएर बस्ने कौशिल्याको योजना छ । तर, जयसवालले सो जग्गा आफूलाई ऋण बापत दिन केही दिनदेखि दबाब दिइरहेको पीडितको भनाई छ । तर, सो जग्गा दिन कौशिल्या तयार नभएपछि कौशल्याको छोरा भरोषीसँग जयसवालको भनाभन भएको थियो । त्यसपछि जयसवालको योजनामा श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७-८ जनाको समुहले छोरा भरोषीलाई घरबाट तानेर सडकमा लछारपछार गरी निर्घातकुटपिट गरेको कौशल्याले बताइन् ।

छोरालाई बचाउन जाँदा जयसवालले खुट्टाले तल्लो पेट पेरुमा प्रहार गरेको र रक्तश्राव भई आफू बेहोस भएको पीडित कौशल्याले पीडा सुनाइन् । स्थानीयले पनि कौशल्या र उनका छोरामाथि निर्घात कुटपिट तथा अभद्रव्यबहार भएको बताएका छन् । घटना लगतै इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीहरु घटनास्थल पुगेको थियो । प्रहरीले उपचारको लागि आमा छोरालाई जनकपुर पठाएको छ । तर कुटपिट गर्नेहरुलाई भने पक्राउ नगरेको पीडित पक्षको गुनासो रहेको छ ।

कुटपिटबाट कौशल्याको कानमा लगाएको चार आनाको सुन, छोरी जिवछी कुमारीको चार अनाको मंगल सुत्र र कानमा लगाएको चार आना सुन गरि जम्मा १२ आना सुन र छोराको हातमा रहेको रेडमी मोबाइल समेत खोसिएको पीडित पक्षको दाबी रहेको छ । यता इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक (सई) सुनकाजी तामाङले घटनाको बेला प्रहरी पुगेर उपचारको लागि आमा छोरालाई अस्पताल पुर्याएको बताए ।

तर, हालसम्म कसले कुटपिट तथा दुव्र्यबहार गरेको भन्ने मौखिक जानकारी तथा लिखित उजुरी समेत नपर्दा के कसो घटना भएको भन्ने पूर्ण जानकारी नरहेको उनको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?