कोशी सरकारविरुद्धको मुद्दा : सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा

लोकपथ
49
Shares

काठमाडौं । कोशी सरकार गठनविरुद्धको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । मुद्दा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?