१९ मङ्सिर २०७९, सोमवार

संयुक्त वाम प्रचारप्रसार समिति गठन

२०७४,कार्तिक,९,बिहीवार ०८:४४

0
Shares

विराटनगर, ९ कात्तिक वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले संयुक्तरूपमा प्रचारप्रसार गर्ने निर्णय गरेको हो वाम गठबन्धनले नेकपा (एमाले)का जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको छ समितिमा माओवादीका जिल्ला इन्चार्ज कुशल लिम्बू, संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेतीसहित एमालेका नरेश पोखरेल, बाबुराम कार्की, रामलाल शाहलगायत छन निर्वाचन परिचालन समितिको बैठकले संयुक्त उक्त समितिको कार्यालयलाई एमाले जिल्ला पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा स्थापना गरेको छ उक्त समितिले सबै निर्वाचन क्षेत्रदेखि वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समिति निर्माण गर्नेसमेत निर्णय गरेको छ वाम गठबन्धनले मोरङमा यही कात्तिक १६ हुने उम्मेदवार मनोनयन कार्यक्रमलाई पनि भव्य बनाउने निर्णय समेत गरेको छ मोरङ जिल्लामा संघीय संसद्मा ६ र प्रदेशमा १२ सिट छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले प्रदेश नम्बर १ मा प्रवाह गरेको कुल कर्जा मध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा

काठमाडौंं । जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका-४

खोटाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका

खोटाङ । सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८