काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ को पछिल्लो सिंहदरबारमा आगलागी गर्ने चेतावनीबारे यतिबेला विभिन्न कोणबाट चर्चा भइरहेको छ ।
सो क्रममा बालेनको सचिवालयले बालेन पत्नी सविना काफ्लेमाथि ट्राफिक प्रहरीले अमानवीय काम गरेको भन्दै खण्डन गरेको छ ।
बालेनका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति जारी गर्दै शनिबार बेलुका ७ बजे सुत्केरी अवस्थामा रहेकी सबिना स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीमा सवार भएको जनाएको छ । त्यस्तै राती अस्पतालबाट फर्किँदा ९ बजेको समयमा कोटेश्वर चोकमा ट्राफिक प्रहरीले अनावश्यक केरकार गरी प्रशव पिडामा रहेको व्यक्तिलाई दुख दिएको बताएका छन् । सवारी चालकले सरकारबाट बिदाको दिन गाडी प्रयोग गर्न सक्ने परमिट भएको तर नबोकेको जनाएको र काठमाडौंका मेयर भनेपछि ट्राफिक प्रहरी झन आक्रामक भएको जनाएको छ ।
‘२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो । आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयु (ल्क्ष्ऋग्)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यदी आफूहरुबाट गल्ती भएको भए कानुनी दायरामा ल्याउन सकिने भए पनि प्रहरीको व्यवहार राम्रो समेत जनाएको छ ।
बालेनको सचिवालयले भनेको छ :-
विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो । आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयु ९ल्क्ष्ऋग्०मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९स्०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो रु कहाँ हो रु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ ।
सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ ।
यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ । पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन । यसर्थ, गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ ।
अन्त्यमा, मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार सङ्कलन, प्रकाशनरप्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न आमसञ्चारकर्मीहरूमा आग्रह गर्दछौँ ।
धन्यवाद ।
भुपदेव शाह
स्वकीय सचिव
प्रमुखज्यूको स्वकीय सचिवालय
काठमाडौं महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया