काठमाडौं । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया